एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध चयन

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १८ गते २०८२

काठमाण्डौ – नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन हुनुभएको छ ।संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेपछि चुनावी प्रक्रिया शुरू भएको भए पनि थापाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिनुभयो ।

आचार्यकाअनुसार सुहाङ नेम्वाङले फारम लगे पनि निर्धारित समयमा बुझाउनु भएन । धनकुटाका राजेन्द्र राई र सङ्खुवासभाका अर्जुन कार्कीले समर्थक र प्रस्तावक बस्ने वचन दिएपछि सुहाङले फारम लानुभएको हो । तर सुहाङले फारम लगेपछि महासचिव शङ्कर पोखरेलले सांसदहरू राई र कार्कीलाई छलफलका लागि भन्दै लगेपछि सुहाङले प्रस्तावक र समर्थक पाउनुभएन ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका अध्यक्ष केपी शर्मा ओलीसहित ११ जना पदाधिकारी पराजित भएका थिए । पूर्वपदाधिकारी, पूर्वस्थायी कमिटी सदस्यसमेतले चुनाव जित्न सकेनन् । पूर्वपोलिटब्युरो सदस्य गणेश ठगुन्नाबाहेक धेरैजसो पराजित भएका हुन् ।

रामबहादुर थापा भने समानुपातिक प्रणालीबाट छानिनुभएको हो । थापा माओवादी पृष्ठभूमिका हुनुहुन्छ ।