अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १८ गते २०८२

काठमाण्डौ । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढेका बेला अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । जुन सन् २०२२ अर्थात् ४ वर्षयताकै उच्च हो ।

अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध शुरु हुनुअघिको भन्दा एक डलरभन्दा धेरैको वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि भाउ उच्च भएको थियो ।

अमेरिकाका विभिन्न राज्यमा मूल्य फरक–फरक रहेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि इन्धनको मूल्यमा असर परेको हो । हालै गरिएको एक सर्वेक्षण अनुसार झण्डै ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तामा रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इन्धन महँगो हुँदा ढुवानी क्षेत्र पनि प्रभावित भएको छ । डिजेलको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ, जसले सामान ढुवानी गर्ने गाडीलाई थप भार परेको छ । विश्वको झण्डै पाँच भागको एक भाग तेल ओसारपसार हुने महत्त्वपूर्ण समुद्री मार्ग अवरुद्ध हुँदा आपूर्ति संकट गहिरिएको छ ।

मूल्य घटाउने प्रयासस्वरूप अन्तर्राष्ट्रिय ऊर्जा निकायले सदस्य राष्ट्रहरूको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ ।

यसैबीच इन्धन अभावले चरम संकट भोगिरहेको क्युवामा रुसी तेलको ट्यांकर पुगेको छ । हिजो ७ लाख ३० हजार ब्यारेल कच्चा तेल बोकेको अनातोली कोलोडकिन जहाज हभानाको पूर्वमा रहेको माटान्जास बन्दरगाहमा रोकिएको हो ।

क्युवामा तेल पठाउने देशमाथि भन्सार शुल्क बढाउने चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ ।

सम्वन्धित समाचारहरु