नेपाल दशनामी समाज प्यूठानको बैठक दिहाल्नामा सम्पन्न - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

नेपाल दशनामी समाज प्यूठानको बैठक दिहाल्नामा सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

प्यूठान । नेपाल दशनामी समाज प्यूठानको बैठकले विभिन्न निर्णय गर्दै  सम्पन्न भएको छ । शनिबार झिमरुक गाउँपालिका-८, स्थित आन्तरिक पर्यटकीय गन्तब्य लालीगुराँस रंगशालामा दिहाल्नामा सम्पन्न भएको हो ।

नेपाल दशनामी समाज प्यूठानले अधिबेशन सम्पन्न भएपछि गरेका गतिविधि र भाबी कार्ययोजनाको बिषयमा समिक्षा गरेको जनाएको छ । समाजले आजिवन सदस्यता बिस्तार गर्ने, पालिका तहमा संगठन बिस्तार तथा अधिबेशन गर्ने, भित्ते पात्रो निकाल्ने, पालिकामा संगठन निर्माणको लागि जिम्मेवारी तोक्ने निर्णय भएको नेपाल दशनामी समाज प्यूठानका अध्यक्ष केशव गिरीले जानकारी दिनुभयो ।

दशनामी बन्धुहरु जिल्लामा संगठित भएर आफ्ना संस्कृती, रितिरिबाज परम्परालाई संरक्षण सम्बर्द्धन गर्नको लागि लाग्नुपर्ने नेपाल दशनामी समाज, प्यूठानका सल्लाहकार केशु गिरीले बताउनुभयो । राज्यले दशनामी भित्रका जातजातिलाई अझैसम्म पनि उपेक्षा गरेकोले यो विषयमा आफ्ना आवाज बुलन्द गर्ने तर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । गिरीले जिल्लामा दशनामीहरु उपस्तिथि कम्जोर नभएपनी अझै सशक्त थप व्यवस्थित रुपमा संगठित गर्दै जानुपर्ने बताउनुभयो ।

समाजका जिल्ला अध्यक्ष केशब गिरीको अध्यक्षतामा भएको बैठकमा जिल्ला कार्यसमिति, बुद्धिजीवी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वासुदेव गिरी र माधब गिरीले गर्नुभएको थियो ।

सम्वन्धित समाचारहरु