आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ९ गते २०८२

बैशाख ९ गते,प्यूठान अनलाईज न्यूज डेक्स । देशमा हाल स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असर विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा देखिएको छ, जहाँ आंशिक बदली रहे पनि बाँकी भूभाग मुख्यतः सफा छन्।

आज दिउँसो कोशीसहित देशका अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने देखिएको छ। तीमध्ये कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा, र अन्य प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूको भनाइ छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा एक–दुई ठाउँमा हल्का हिमपात पनि हुन सक्ने देखिएको छ।

रातिको समयको पूर्वानुमान पनि धेरै फरक छैन। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कतिपय स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च भूभागमा हल्का हिमपातको सम्भावना कायम छ।मौसमको यस प्रवृत्तिका कारण पहाडी जिल्लाहरूमा कृषि, जनजीवन, स्वास्थ्य सेवा, सडक र हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।