बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु - Pyuthan Online
वैशाख २७ गते २०८३

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २१ गते २०८२

बैतडी। बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु भएको छ।जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो।