बैशाख २५ गते ,प्युठान। विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा हाजिरी जवाफ प्रतियोगिता गरिएको छ। विहिवार “मानवताको पक्षमा ” “ ON THE SIDE OF HUMANITY ” भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसको आयोजना र स्वर्गद्वारी बहुमुखी क्याम्पसको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वःहेनरी ड्युनाको फोटोलाई माल्यार्पण गरि हाजिरी जवाफ प्रतियोगीता सुरु गरिएको हो ।
प्रतियोगितामा प्रथम स्थान विशाल थापा मगरको समूह, द्वितीय स्थान प्रार्थाना बिकको समूह र तृतीय स्थान अनिता कुमारी केसीको समूहले हासिल गरेको हो । कार्यक्रममा प्रथम , द्धितीय , र तृतीय समुहलाई नगद दुई हजार र प्रमाणपत्र , एक हजार पाचँ सय र प्रमाण पत्र र एक हजार र प्रमाणपत्र हस्तान्तरण गरिएको हो । प्रतियोगितामा ६ वटा समूह बनेका थिए।
कार्यक्रमको प्रमुख अतिथि रहेका क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले ज्ञानहरु आर्जन र शैक्षिक क्षेत्रमा विकास र अध्ययन गर्ने बानीको विकासमा टेवा पुग्ने बताएका थिए । विद्यार्थीहरुमा विभिन्न यस्ता अतिरिक्त कार्यक्रमहरुले एकता , व्यवस्थापन र भावनात्मकमा विस्तार हुने खड्काले धारणा व्यक्त गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसका सभापति रामप्रसाद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसका प्राध्यापक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यार्थी केसर सुनारले गरेका थिए ।