स्वर्गद्वारी नगरपालिकाका सबै वडा पूर्णखोप घोषणा ः बैशाख ३१ गते नगरपालिका घोषणा गरिदै - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

स्वर्गद्वारी नगरपालिकाका सबै वडा पूर्णखोप घोषणा ः बैशाख ३१ गते नगरपालिका घोषणा गरिदै

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २६ गते २०८२

बैशाख २६ गते ,प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको ९ वटैहरु पूर्णखोप घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चता तथा दिगोपना मुल नाराको साथ नगरपालिकामा रहेका ९ वटैहरु पूर्णखोप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिए । उनले भने “० देखी १५ महिना सम्मका बालबालिकालाई नियमित लगाएको र विचमा छुटेका १६ देखी ५९ महिना सम्मका बालबालिकालाई घरदैलो कार्यक्रममा स्वयमसेविका पुगी टिपोट गरेर खोप लगाएका छौ । ”

बालबालीकाले विभिन्न रोगहरु प्रति १३ प्रकारका खोप लगाएका छन । स्वास्थ्य क्षेत्र महत्वपूर्ण भएकाले यसमा नगरपालिका पनी नगरवासीहरुमा चासोको साथ लागी परेको नगरपालिकाले जनाएको छ ।प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीका कर्मचारीहरुले निकै राम्रो काम गरेकाले सम्मान सहित प्रमाण पत्र समेत हस्तान्तरण गरेको केसीले बताए । बालबालिका जन्मेपछि लगाएको खोपहरुबाट विभिन्न सरुवा रोगहरु बच्नु साथै अरु रोगहरुबाट पनि बच्न सामाथ्र्य पैदा हुने गर्दछ ।

स्वर्गद्वारी नगरपालिका यहि बैशाख ३१ गते पूर्णखोप घोषणा गर्न लागेको जनस्वास्थ्य निरिक्षक दुर्गा गोराथोकीले प्यूठान अनलाईन जानकारी दिए ।