बैशाख २७ गते ,प्यूठान । गणतन्त्रको रक्षा गर्नु हाम्रो आवश्यकता रहेको राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष दुर्गा पौडेलले बताएकी छिन । शनिवार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ संघिता खारेज गरौ” भन्ने मुल नाराको साथ प्रतिगामी खतराको विरुद्ध संघर्ष गरौँ गणतन्त्रको रक्षा गरौ राष्ट्रिय जनमोर्चा जिल्ला समिती प्यूठानद्वारा आयोजित स्वर्गद्वारी नगरपालिका ४ जिमुर पाटामा भएको पालिका स्तरीय जनचेतना सभामा यस्तो बताएकी हुन ।
वर्तमानको परिवेशमा मुलुकमा रहेका ठूला पाटीको व्यावहार र देशलाई खोक्रो अवस्थामा बनाईरहेको हुदा जनतामा वितृष्ण देखिएकाले प्रतिगमन तत्वहरु सर्वराई रहेको समेत बताएकी थिइन । देशमा रहेको संघियता खारेज गरेपछि आर्थिक अवस्थामा सुधार आउने समेत धारणा राखेकी थिइन ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाको केन्द्रिय सदस्य एवम मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले जाति, भाषा, जन्संख्या, धर्ममका आधारमा राजनितिक गर्नु मुर्खता बताउदै देश तथा समाजमा अराजकता फैलाउनु भएको बताएका थिए । सभ्य समाजको निर्माण गरौ विकास निर्माणमा हातेमाले गरेर अगाडी बढौ धारणा राखेका थिए । प्यूठान जिल्लामा रहेको प्रमुख धार्मिक स्थल स्वर्गद्वारी मन्दिरलाई अझ व्यवस्थित गर्न स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्नुपर्ने समेत बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा जिल्ला समन्य समिती प्यूठानका अभ्यक्ष ज्ञानुरामा न्यूपानेले ठूला पार्टी भनेर दम्भ नदेखाउ सभ्य तरिकाले जनता र देशको हित हुने गरी विकासमा जोड गरौ भन्ने टिप्पणी गरेका थिए । विदेशी दलालको चाकडी होइन देश र जनताको समस्याको समधानको मध्यनजर गरेर अगाडी बढ्न राजनैतिक दलहरुलाई आग्रह समेत गरेका थिए ।
जलुकेबाट जिमुरपाटा सम्म गणतन्त्रको रक्षा गरौ , भ्रष्ट्रचारको अन्त्य गरौ लगायतका विषयमा प्लेकाड मार्फत जुलुस समेत गरेका थिए । कार्यक्रममा रमेश विष्ट र जुमान सिंह केसी पाटीमा प्रवेश गरेका हुन । राष्ट्रिय जनमोर्चा नगर समितिका अध्यक्ष गिर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लुम्बेनी प्रदेशका सल्लाहकार सुरेश थापा , जिल्ला उपाध्यक्ष इमान सिंह सड्का , सदस्य मिन राज राना ,पत्रकार तथा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर उपाध्यक्ष गंगाराम विसीले गरेका थिए ।