सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो - Pyuthan Online
जेठ २२ गते २०८३

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ २२ गते २०८३

काठमाण्डौ — सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ सय रुपैयाँ मात्रै घटेर ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएकोे थियोे ।

आज चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

सम्वन्धित समाचारहरु