पीएम कप क्रिकेटमा मधेश र सुदूरपश्चिम विजयी - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पीएम कप क्रिकेटमा मधेश र सुदूरपश्चिम विजयी

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८२

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।जनकपुरमा भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनले हरायो । मधेशले दिएको १२५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका सुमित श्रेष्ठले ३० रन बनाए । मधेशका विशाल पटेलले ५ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मधेशले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १२४ रन बनायो । मधेशका मयन यादवले ३१ रन बनाए । लुम्बिनीका सन्देश थापा र सन्तोष यादवले ३३ विकेट लिए ।

प्रतियोगितामा मधेशको यो लगातार दोस्रो जीत हो भने लुम्बिनीको यो पहिलो हार हो ।

यस्तै वीरगञ्जमा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको १३१ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका खडक बोहोराले ६६ रन बनाए । कोशीका विपिन महतोले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको कोशीले ४३ ओभर ४ बलमा १३० रन बनाउँदा सबै विकेट गुमायो । कोशीका शिवाश बजगाईँले २५, सुमन श्रेष्ठले २४ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो दोस्रो जीत हो भने कोशीको लगातार तेस्रो हार हो ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीको सहभागिता छ । खेलहरू काठमाण्डौको मूलपानी मैदान तथा मधेश प्रदेशको वीरगञ्ज र जनकपुरमा भइरहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

सम्वन्धित समाचारहरु