प्यूठानमा कुखुरा तथा अण्डा आयातमा रोक लगाउने निर्णय - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्यूठानमा कुखुरा तथा अण्डा आयातमा रोक लगाउने निर्णय

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ६ गते २०८२

प्यूठान । बाहिरी जिल्लाबाट आयात हुने कुखुरा तथा अण्डामा रोक लगाउने निर्णय भएको छ । जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट आयात हुने कुखुरा तथा अण्डाजन्य उत्पादनमा नियन्त्रण गर्ने निर्णय गरेको हो ।

देशका विभिन्न जिल्लामा बर्ड फ्लु रोग देखा परेकोले १५ दिनका लागि आयातमा रोक लगाउने निर्णय भएको समितिका सदस्य सचिव एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानका प्रमुख विनोद शर्माले जानकारी दिनुभयो । १५ दिनपछि अवस्था मुल्यांकन गरि आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो ।

साथै बैठकले जिल्लाका कुखुरापालन गर्ने व्यवसायीलाई कुखुरा फर्मको अनिवार्य रुपमा जैविक सुरक्षा अपनाउन निर्देशन दिने निर्णय गरेको छ । यस अवधिमा कुखुरा तथा अण्डाको मुल्यवृद्धि गर्न नदिने र गरेको पाइएमा कारवाही गर्ने बैठकको निर्णय रहेको छ ।

प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंको संयोजकत्वमा जिल्ला स्तरीय बर्ड फ्लु नियन्त्रण समिति रहेको छ । बैठकमा जिल्लाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचारहरु