सन् २०२२ यता युक्रेनको सार्वजनिक ऋण झण्डै तीन गुणाले बढ्यो - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सन् २०२२ यता युक्रेनको सार्वजनिक ऋण झण्डै तीन गुणाले बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ३१ गते २०८३

काठमाण्डौ । युक्रेनको सार्वजनिक ऋण सन् २०२२ देखि ११० अर्ब डलर भन्दा बढीले वृद्धि भएको रुसी समाचार संस्था तासले जनाएको छ । यसमा बाह्य र घरेलु दुवै दायित्व समावेश छ । सन् २०२२ को शुरुदेखि अहिलेसम्म सार्वजनिक ऋण दोब्बरभन्दा बढी भएको हो ।

युक्रेनी अर्थ मन्त्रालयको तथ्याङ्कमा आधारित तासको रिपोर्ट अनुसार युक्रेनको सार्वजनिक ऋण ९७।९६ अर्ब अमेरिकी डलरबाट २०८।९७ अर्ब डलर पुगेको हो । युक्रेनको बाह्य ऋणमा वृद्धि सन् २०२२ को ५७।२ अर्ब डलरबाट १६२।७३ अर्ब डलर पुगेको छ । यो लगभग तीन गुणा वृद्धि हो । यस रकममध्ये युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई लगभग १० अर्ब डलर तिर्नु पर्छ, बाँकी विभिन्न सहयोगी देशहरूलाई तिर्नुपर्छ ।

किएभको ऋणमा तीव्र वृद्धि सैन्य सहायता र अनुदानको रूपमा पश्चिमा सहयोग प्राप्त गरेपछि आएको हो । अनुमानित कूल दुई करोड ८० लाख जनसङ्ख्या रहेको युक्रेनमा जनसङ्ख्याको आधारमा हरेक नागरिकको अब सार्वजनिक ऋणमा लगभग सात हजार ५०० डलर ऋणभार रहनेछ । युरोपेली सङ्घले हालै युक्रेनको लागि ९० अर्ब युरो ऋण प्याकेजको घोषणा गरेको छ जुन निकासा हुने तयारीमा छ र यो ड्रोनको लागि छुट्याइएको पहिलो किस्ता हो ।