टी–२० विश्वकप स् स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

टी–२० विश्वकप स् स्कटल्यान्डले इटालीलाई ७३ रनले हरायो

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २६ गते २०८२

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले इटालीलाई ७३ रनले हराएको छ ।भारतको कोलकातामा रहेको इडेन गार्डेन्समा स्कटल्यान्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको इटालीले १६ ओभर ४ बलमा १ सय ३४ रन बनाउँदै सबै विकेट गुमायो । इटालीका बेन मानेन्टीले ५२ रन बनाए । स्कटल्यान्डका माइकल लिस्कले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रन बनायो । स्कटल्यान्डका जर्ज मुन्सेले ८४ रन बनाए । इटालीका अली हसन, ग्रान्ट स्टेवार्ट, थोमस ड्राका र जेजे स्मुट्सले १र१ विकेट लिए ।यो जीतसँगै स्कटल्यान्ड २ खेलमा २ अङ्कसहित समूह ‘सी’ को दोस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड पहिलो खेलमा वेस्ट इन्डिजसँग ३५ रनले पराजित भएको थियो । इटालीको यो पहिलो खेल हो ।

टी–२० विश्वकपमा अहिले दिउँसो सवा ३ बजे समूह ‘बी’ का ओमान र जिम्बावे तथा बेलुकी सवा ७ बजे समूह ‘डी’ का क्यानडा र दक्षिण अफ्रिका खेल्दैछन् ।प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।१०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।