अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३२ गते २०८२

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ ।

हिजो घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उहाँकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

रोजा तुसारेपानीमा गएका श्रीमान्, श्रीमती समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । गोबिन्द र श्यामकलाको शव सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।