लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना घाइते - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

लिभरपुलको ट्रफी परेडमा कारले ठक्कर दिँदा २७ जना घाइते

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

जेठ १३ गते ।इङ्ग्ल्यान्डको लिभरपुल फुटबल क्लबले इङ्ग्लिस प्रिमियर लिग जितेको खुशीयाली मनाइरहेका बेला जम्मा भएका समर्थकको भीडलाई कारले ठक्कर दिँदा कम्तीमा २७ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा चार जना बालबालिका समेत रहेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । सामान्य घाइते २० जनालाई घटनास्थलमै उपचार गरिएको बीबीसीले जनाएको छ ।

समर्थक जम्मा भएको भीडमा कार चलाएको आरोपमा बेलायतका एक पुरुष पक्राउ परेका छन् । घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बेलायतका प्रधानमन्त्री केयर स्टारमरले दृश्यहरू भयावह रहेको र आपतकालीन सेवामा गरिएको तत्कालको प्रतिक्रियाका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । प्रिमियर लिगको यो सिजनको उपाधि लिभरपुलले जितेको थियो ।

सम्वन्धित समाचारहरु