कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना - Pyuthan Online
वैशाख ७ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

कर्णाली र सुदूरपश्चिमका एकरदुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १५ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि मौसम बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही ठाउँ र अन्य प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी एकरदुई ठाउँमा आज राति ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

गएराति पनि लमजुङको राइनासटारमा ठूलो पानी परेको थियो । राइनासटारमा पछिल्लो २४ घण्टामा एक सय २४।४ मिलिमिटर वर्षा मापन भएको छ ।