चैत्र १९ गते २०८१
ब्रेकिङ न्यूज
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी रवीन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित केही पक्राउ, दुर्गा प्रसाईं फरार काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक जनाको जिप्रकामा मृत्यु विद्यार्थीको परीक्षा सकिएपछि मात्रै प्रदर्शनको तयारी

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ ।

पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ । हैदराबाद दुई अङ्कसहित छैटौं स्थानमा छ ।

यस्तै आजको दोश्रो खेल गुवाहाटीमा नेपाली समय अनुसार पौने ८ बजे राजस्थान रोयल्स् र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । दुई खेलमा जीतविहिन राजस्थान तालिकाको पुछारमा छ । चेन्नई दुई खेलमा दुई अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

हाम्रो बारेमा

द्रुत लिङ्कहरू

कम्पनी

सम्पर्क

© 2025 सर्वाधिकार सुरक्षित।