बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानले जित्यो - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला एक खेल अगावै अफगानिस्तानले जित्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २६ गते २०८२

काठमाण्डौ – बङ्गलादेशसँगको एकदिवसीय शृङ्खला अफगानिस्तानले जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको हो । यसअघि भएको पहिलो खेल पनि अफगानिस्तानले पाँच विकेटले जितेको थियो ।

गएराति भएको शृङ्खलाको दोश्रो खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ८१ रनले हरायो । अफगानिस्तानले दिएको एक सय ९१ रनको लक्ष्य पछ्याएको बङ्गलादेश २८ ओभर तीन बलमा एक सय नौ रनमा अलआउट भयो । बङ्गलादेशका तौहिद हरिदीले २४ र सेफ हसनले २२ रन बनाए । अफगानिस्तानका रशिद खानले पाँच विकेट लिए । यस्तै अजमातुल्लाह उमरजाईले तीन र नङ्गेलिया खरोटेले एक विकेट लिए ।

त्यसअघि अबुधाबीमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४४ ओभर पाँच बलमा एक सय ९० रनमा अलआउट भएको थियो । अफगानिस्तानका इब्राहिम जाद्रानले ९५ रन बनायो । बङ्गलादेशका मेहदी हसन मिराजले तीन, तन्जिम हसन साकिब र रिशाद हुसेनले दुई तथा तनवीर इस्लामले एक विकेट लिए ।

तीन खेलको एकदिवसीय शृङ्खलाको तेश्रो तथा अन्तिम खेल पर्सि मङ्गलवार हुनेछ । यी दुई टोलले तीन खेलको टी–२० शृङ्खला पनि खेलेका थिए । टी–२० शृङ्खलामा बङ्गलादेशले अफगानिस्तानलाई क्लीन स्वीप गरेको थियो । 

सम्वन्धित समाचारहरु