सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित - Pyuthan Online
असार १५ गते २०८२

सिंगापुर विरुद्ध नेपालको ऐतिहासिक जित

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ७ गते २०८१

काठमाडौं । जिलेस्पी जंग कार्कीको एक मात्र गोलमा नेपालले सिंगापुर विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ ।

सिंगापुरको सिंगापुर नेशनल स्टेडियममा शुक्रबार साँझ भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा १५ स्थान माथि रहेको सिंगापुरलाई १-० ले पराजित गरेको हो ।

नेपालका लागि जिलेस्पीले खेलको १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मनिष डाँगीको क्रसमा जिलेस्पीले पेनाल्टी बक्समा वान टचमा गोल गरेका हुन् । जिलेस्पीले नेपालका लागि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । यसअघि गत नोभेम्बरमा अफगानिस्तान विरुद्ध मैत्रीपूर्ण खेलमा पनि जिलेस्पीले नेपालका लागि गोल गरेका थिए । उनले नेपालले खेलेको पछिल्लो चार मध्ये तीन खेलमा गोल गरेका हुन् । विश्वकप छनोट अन्तर्गत गत जुनमा साउदी अरेबियामा भएको यमन विरुद्धको २-२ को बराबरी खेलेमा पनि जिलेस्पीले गोल गरेका थिए ।

त्यसपछि पनि नेपालले खेलमा गोल गर्ने मौका पाएको थियो तर सदुपयोग भएन । सिंगापुरले घरेलु मैदानमा बराबरी गोल फर्काउने लगातार प्रयास गरे पनि सफल भएन ।