रोल्पामा अपाङ्गता व्यक्तिको समावेशी विकासका लागी अन्तरक्रियात्मक - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रोल्पामा अपाङ्गता व्यक्तिको समावेशी विकासका लागी अन्तरक्रियात्मक

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ९ गते २०८२

विरेन्द्र गिरी । रोल्पामा अपाङ्गता व्यक्तिको समावेशी विकासका लागी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार रोल्पा नेत्रहीन सङ्घ , अपाङ्ग कल्याण समाज नेपाल, रोल्पाको संयुक्त आयोजना र महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासका लागि स्थानीय तहका जनप्रतिनिधि, अपाङ्गता भएका व्यक्ति तथा सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम रोल्पा नगरपालिका–४ टुडीखेल स्थित जिल्ला समन्वय समितिको नयाँ हलमा गरिएको हो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था, उनीहरूको लागि बनेका ऐन तथा नियम, अपाङ्गता परिचयपत्रको बारेमा जानकारी, स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूलाई गर्नु पर्ने व्यवहार तथा उनीहरूको पहुँचसम्बन्धी विषयमा सहजीकरण राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा केन्द्रीय प्रतिनिधि जुमान सिंह केसीले गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथि रहनु भएको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्तीले अपाङ्गता भएका व्यक्तिहरूको सर्वाङ्गिण विकासका लागि स्थानीय तहले समुचित बजेटको व्यवस्था गर्ने बताउदै थप जिम्मेवार भूमिका निर्वाह गर्ने धारणा राख्नु भएको थियो । त्यस्तै विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी पदम डागीले अपाङ्गतालाई समस्याको रूपमा नभई मानवीय समवेदनाको रूपमा लिनुपर्ने बताउदै जिल्लामा रहेका फरक क्षमताका व्यक्तिहरुलाई संरक्षण तथा व्यवस्थापनमा स्थानीय सरकारहरुलाई आग्रह गर्ने र हामीले पनि सहयोग गर्ने बताउनु भएको थियो ।

नेत्रहीन सङ्घका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्ति, जनप्रतिनिधि, पत्रकार, प्रहरी, नागरिक समाजका प्रतिनिधि सहित ३० जना भन्दा बढीको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अपाङ्ग कल्याण समाज नेपाल रोल्पाका अध्यक्ष दिनेश आचार्यले गर्नु भएको हो ।

सम्वन्धित समाचारहरु