बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप जुडोमा नेपाललाई ५ स्वर्णसहित १० पदक

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १३ गते २०८२

जेठ १३ गते । बङ्गलादेशमा सम्पन्न बीकेएसपी कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनशिपमा नेपाली खेलाडीले ५ स्वर्णसहित १० पदक जितेका छन् ।

नेपालले थप १ रजत र ४ कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग ९पाम० का खेलाडीले सर्वाधिक ४ स्वर्ण र १ कांस्य जिते । प्रतियोगितामा पामबाट ५ खेलाडी सहभागी भएकोमा सबैले पदक पाए ।

पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए । पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान तिखत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे ।

प्रतियोगितामा नेपालबाट १२ जना खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनिता, पेमा, सविन र समिता पामका हुन् । नेपाली टोलीको प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् ।

प्रतियोगितामा बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्य गरी २४ पदकका साथ विजेता बन्यो ।