बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १६ गते २०८२

१६ जेठ । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ । बकैया–७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी ८ वर्षीया अस्मिता वाईवाको विहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

बालिकालाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको वायाँ भागमा बिच्छीले टोकेको थियो । दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसपछि उपचारका लागि बिहीवार बिहान हेटौंडा अस्पताल ल्याइएको थियो । सोही दिन राति अस्पतालले बालिकालाई मृत घोषणा गरेको डिएसपी अर्यालले बताउनुभयो ।

सम्वन्धित समाचारहरु