प्यूठान । शिक्षा समाज रुपान्तरणको मुल आधार भएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताउनु भएको छ । शुक्रबार गत बर्ष कक्षा ५ मा उत्कृष्ट नतिजा निकाल्न सफल भएको प्युठान नगरपालिका वडा नं. १ मा रहेको श्री सालघारी प्रा.विका विद्यार्थीरुलाइ हौसला एवं प्रोत्साहनका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख योगीले यस्तो बताउनु भएको हो ।
शिक्षाले नै मानिसमा चेतनाको विकास गर्ने भएकाले समाजमा रहेको विकृति विसङ्गगतीलाई शिक्षा हासिल गर्ने मानिसहरुले नै हटाउने र सभ्य समाजको निर्माणमा लाग्ने भएकाले नगरपालिकाले शिक्षामा विशेष जोड दिएको नगर प्रमुख योगीले बताउनुभयो । प्यूठान नगरपालिकाले दुर्गम बस्तीहरुमा जनसमुदायलाई पाएक पर्ने स्थानमा विद्यालयको सुविधा , भवनहरुको स्त्तोरउन्नति, आमाबुबा नभएका बालबालिकालाई कक्षा १ देखी १२ कक्षा सम्म निशुल्क सहित आवसीय रुपमा मुक्ति मावि रातामाटामा व्यवस्थापन गरेको नगरप्रमुख योगीले बताउनुभयो ।
गरिब निमुखा , दलित तथा लक्षित समुहलाई विशेष गरी शिक्षाको पहुचमा पुर्याउन प्युठान नगरपालिका लागी परेको समेत योगीको भनाई रहेको छ । कार्यक्रममा उक्त विद्यालयका ७९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रही वितरण गरिएको हो ।
शैक्षिक समाग्रीहरु पाउदा विद्यार्थीहरु खुसि भएका थिए भने अभिभावकहरुले नगर प्रमुख योगीलाई धन्यवाद दिएका थिए । कार्यक्रममा जनप्रतिनिधी , शिक्षक , अभिभावक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।