मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र २१ गते २०८२

मध्यपूर्वको तनावका कारण भारतमा पानीको भाउ बढेको छ । बोतलमा राखेको पानी बेच्ने सबैभन्दा ठूलो कम्पनी बिस्लेरीले ११ प्रतिशतले मूल्य बढाएको छ । बेइली, क्लअर प्रिमिअम वाटरलगायत अन्य कम्पनीले पनि मूल्यवृद्धि गरेका समाचारसंस्था रोएटर्सले जनाएको छ ।

पानी व्यवसायमा आवश्यक कच्चा पदार्थमा देखिएको अभावका कारण भाउ बढेको हो । बोतल निर्माताहरूले मध्यपूर्वको युद्ध लम्बिएमा बोतलको पानी धेरै भारतीयको पहुँचबाहिर पुग्ने गरी महँगो बन्न सक्ने चेतावनी दिएका छन् । बोतल तथा जार बनाउन कच्चा तेल प्रशोधनबाट निस्कने पदार्थ प्रयोग हुन्छ र अहिले विश्वबजारमा कच्चा तेलको भाउ बढ्नुका साथै अभाव समेत देखिएको छ ।

भारतमा प्याकेजिङ गरेको पानीको व्यापार वार्षिक ६ अर्ब रुपैयाँ बराबर छ । अहिले कतिपय भू–भागमा तापक्रम ४५ सेल्सिअस नाघ्न थालेकोले पानीको माग झनै बढेको छ ।

डेटा फर इन्डिया नामक संस्थाको अध्ययनअनुसार भारतीय सहरका १५ प्रतिशत र ग्रामीण क्षेत्रका ६ प्रतिशत घरधुरी पिउने पानीका लागि बोतलबन्द पानीमा निर्भर छन् । पानीको अभाव, मूलमा हुने प्रदूषण र पूर्वाधारका कमीले ग्रामीण क्षेत्रमा समेत बोतलबन्द पानीमा निर्भर हुनुपरेको छ ।

सम्वन्धित समाचारहरु