आजदेखि विश्वकप लिग टू शुरू, सुरुवातमा नेपाल र स्कटल्याण्ड खेल्दै - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आजदेखि विश्वकप लिग टू शुरू, सुरुवातमा नेपाल र स्कटल्याण्ड खेल्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १९ गते २०८२

काठमाण्डौ – विश्वकप लिग टू अन्तर्गत नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्डसँगको तीन देशीय शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले पहिलो खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र स्कटल्याण्डको खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शुरू हुनेछ । नेपाली टोली एक हप्ता अघिदेखि  स्कटल्याण्डमा छ । नेपाली राष्ट्रिय टोलीले  ७ महिनापछि एकदिवसीय खेल्न लागेको हो ।

लिग टू को अङ्क तालिकामा नेपाल १२ खेलमा २ जीतका साथ ६ अङ्कसहित तालिकाको पुछारमा छ । स्कटल्याण्ड भने १६ खेलमा २० अङ्क जोड्दै चौथो स्थानमा छ । नेदरल्यान्ड्स २० खेलबाट २६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।

नेपालले पर्सि बुधवार नेदरल्यान्डसँग खेल्नेछ । यस्तै नेपालले आउँदो  आइतवार फेरि स्कटल्याण्डसँग र  अर्को हप्ता मङ्गलवार नेदरल्यान्डसँग खेल्ने तालिका छ ।

यसअघि नेपालले बेलायत भ्रमणको क्रममा ५ अभ्यास खेल खेलेकामा सबैमा जितेको थियो । तर, स्कटल्याण्ड ए सँगको दुई अभ्यास खेलमध्ये एकमा हार र अर्को वर्षाले रोकिँदा नेपालको यात्रामा चुनौती थपिएको छ ।