४७ वटा विषालु सर्प सहित भारतमा एकजना पक्राउ - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

४७ वटा विषालु सर्प सहित भारतमा एकजना पक्राउ

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १९ गते २०८२

१९ जेठ ।  भारतीय अधिकारीहरूले विषालु सर्पलगायत दर्जनौँ दुर्लभ सरिसृप देशभित्र तस्करी गरेर ल्याउन लागेको अभियोगमा एकजना पुरुषलाई पक्राउ गरेका छन्। इल्यान्डबाट फर्कँदै गरेका ती भारतीय नागरिकलाई आईतवार मुम्बई सहरको विमानस्थलमा भन्सार अधिकृतहरूले समातेका थिए। अधिकारीहरूका अनुसार ४७ विषालु सर्प सहितका ती जन्तु उक्त पुरुषको लगेजमा फेला परेको थियो।

भारतका वन्यजन्तु संरक्षणसम्बन्धी विभिन्न कानुन अन्तर्गत ती जीवलाई सरकारले नियन्त्रणमा लिएको छ। ती यात्रुको पहिचान खुलाइएको छैन र उनलाई उनलाई हिरासतमा राखिएको छ। उनले पक्राउसम्बन्धी कुनै टिप्पणी गरेका छैनन्।

एउटा ठूलो प्लेटमा रङ्गीचङ्गी सर्पहरू घुमिरहेको फोटोलाई भन्सार अधिकारीहरूले सामाजिक सञ्जाल एक्समा राखिदिएका छन्। उनीहरूले गरेको पोस्टमा तीनवटा स्पाइडर–टेल्ड हन्र्ड भाइपर, पाँचवटा एसियन लीफ टर्टल तथा ४४ इन्डोनेसियन पिट भाइपर सर्प ती यात्रुको साथबाट कब्जा गरिएको उल्लेख छ। ती जन्तु कहाँबाट ल्याइएका हुन् भन्ने प्रस्ट छैन

सम्वन्धित समाचारहरु