पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
असार ३१ गते २०८२

३१  असार । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ ।

भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ ।

यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो । विदेशी भूमिमा भारतको यो दोस्रो हार हो ।

यसअघि टोली सन् १९७७ मा ब्रिस्बेनमा अस्ट्रेलियाविरुद्ध १६ रनले पराजित भएको थियो । इङ्ग्ल्यान्डले पहिलो इनिङसमा टस जितेर पहिले ब्याटिङ गर्दै १० विकेट गुमाएर ३८७ रन बनायो ।

इङ्ग्ल्यान्डका जो रुटले सबैभन्दा धेरै १०४ रन बनाए । जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे ।

भारतले पनि पहिलो इनिङ्समा १० विकेटको क्षतिमा ३८७ रन नै बनायो । केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए ।

दोस्रो इनिङ्समा इङ्ग्ल्यान्डले १० विकेट गुमाउँदै १९२ रन बनाएको थियो । योसँगै भारतले १९३ रनको लक्ष्य पाएको थियो । तर, भारत १७० रनमै अलआउट भयो ।

भारतका जडेजाले सर्वाधिक ६१ रन जोडे । राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । इङ्ग्ल्यान्डका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए । 

सम्वन्धित समाचारहरु