२९औं वर्षमा रामग्रामले मनायो पहिलो पटक स्थापना दिवस - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

२९औं वर्षमा रामग्रामले मनायो पहिलो पटक स्थापना दिवस

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८२

काठमाण्डौ – पश्चिम नवलपरासीको पुरानो पालिका रामग्राम नगरपालिकाले, नगरपालिका स्थापना भएको २९औं वर्षमा पहिलो पटक स्थापना दिवस मनाएको छ ।

शनिवार नगरपालिका परिसरमा आयोजना भएको कार्यक्रममा मेयर धनपत यादवले नगरपालिकामा नगरबासी जम्मा भएर उत्सवको रूपमा मनाएको बताउनुभयो । नगरका उपलब्धि बारे नागरिकलाई जानकारी गराउन यो दिवस मनाउन शुरुवात गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले नागरिकको जनजीविकाका विषयमा सहजता आवश्यक भएको उल्लेख गर्दै पालिकादेखि प्रदेश र संघीय सरकारले नागरिकलाई सहज रूपमा दैनिक सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाले चार वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास लगायतका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका मानिसलाई सम्मान पनि गरिएको थियो ।