खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार - Pyuthan Online
असाेज १९ गते २०८२

खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २२ गते २०८२

काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो ।

तर, भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई विभिन्न ठाउँबाट उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

सम्वन्धित समाचारहरु