प्यूठान । जिल्लाको प्युठान नगरपालिका ४ बिजुवारमा माल्भिका ज्वेलर्स सुनचाँदी पसल सञ्चालनमा आएको छ। सोमबार माण्डबि गाउँपालिका ३ जस्पुर चकचके निवासी मिनराज गहतराजले उक्त पसल सञ्चालनमा ल्याउनु भएको हो । ग्राहकहरुलाई आकर्षक र शुद्ध गुणस्तरीय गरगहना उपललब्ध गराउनुको साथै गरगहनामा विशेष छुट दिई विक्रि वितरणमा सेवा दिने उदेश्यको साथ सञ्चालन गरीएको सञ्चालक गहतराजले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।
सेवाहरुमा रेडिमेट गरगहना उपलब्ध , अडरअनुसारको गरगहना तयार गर्ने , पुराना गरगहनासँग नयाँ गरहना साटफेर गरिने र चाडपर्वमा विशेष छुटका साथ गरगहना विक्रि वितरण गरिने गहतराजले बताउनुभयो । यो सुनचाँदी पसल जिल्ला अस्पताल जाने बाटोको छेउमा रहेको छ । गहतराज यस भन्दा पहिले करिब दुई दशक देखि लामाचौरमा सुनचाँदी पसल सञ्चालन गर्दै आउनु भएको थियो ।