कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका १ कोचिबाङमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । बुधबार स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान स्वर्गद्वारी नगरपालिकाको आयोजनामा गरिएको हो । कार्यक्रममा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम तथा वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियानको सहजिकरण कोचिबाङ स्वास्थ्य चौकीका प्रमुख भरत खड्काले गर्नु भएको थियो ।

कार्यक्रमको प्रमुख अथिति नगर प्रवक्ता सुरज सुनारले रोग लागेर उपचार गर्नु भन्दा रोग नलाग्न दिनु महत्वपुर्ण रहेको बताउदै सबैलाई सचेत र सुरिक्षत रहन आग्रह गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा जन स्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथोकीले वर्षातको समयमा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस जस्ता रोगहरु लाग्ने भएकाले घर वरिपरी सरसफाई , ड्रम , ट्याङ्कीमा ढक्कन लगाउने , गाडीका टायरहरु नराख्ने, चर्पीमा रहेका बाल्टिमा पानी नभरी खाली राख्ने गरेमा डेंगुबाट बच्न सकिने बताउदै बनजङ्गल जादा सुरक्षितका साथ हेरचाह गरेमा जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोगबाट बच्ने बताउनु भएको थियो । यस्ता कार्यहरु गाउगाउँमा जनचेतना फैलाउन समेत गोराथोकीले आग्रह गर्नुभएको थियो ।

वडा अध्यक्ष मेघराज जिसीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी , स्थानीयहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियानका लागी वडा अध्यक्ष जिसीको नेतृत्वमा ११ सदस्य समिति गठन गरिएको छ

सम्वन्धित समाचारहरु