आज २५६९औं बुद्ध जयन्ती, विशेष कार्यक्रम गरि मनाइँदै - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आज २५६९औं बुद्ध जयन्ती, विशेष कार्यक्रम गरि मनाइँदै

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २९ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । लुम्बिनीमा आज २५६९औं बुद्ध जयन्ती मनाइँदैछ र यसका लागि विशेष कार्यक्रमहरू आयोजना गरिएको छ।
बुद्ध जयन्तीको मुख्य समारोहले शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
लुम्बिनी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजनहरू उपस्थित भएका छन्। सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
आज सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।

विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।

लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए ।दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् ।