स्वर्गद्वारी ५ को वडा कार्यालयद्वारा वडाबासीहरुलाई स्टेचर वितरण - Pyuthan Online
असाेज १९ गते २०८२

स्वर्गद्वारी ५ को वडा कार्यालयद्वारा वडाबासीहरुलाई स्टेचर वितरण

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २८ गते २०८२

प्यूठान । स्वर्गद्वारी ५ को वडा कार्यालयले वडाबासीहरुलाई स्टेचर वितरण गरेको छ । बुधबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमका विच साविकका ९ वटै आमासमुह र स्वास्थ्य संस्था गरी १४ वटा स्टेचर वितरण गरिएको हो । वर्षातको समयमा बाटोको अवस्था विग्रीनीले गाडी नजाने अवस्था हुदा र बाटोबाट टाढा रहेको वडाबासीहरुलाई आकस्मिक विरामी हुदा र सुत्केरी हुँदा सहजताका लागी स्टेचरहरु वितरण गरिएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

आमा समुह एवम स्वास्थ्य संस्थालाई स्टेचर वितरण गरेपनि समस्या पर्दा सबैले प्रयोग गर्न समेत वडा अध्यक्ष घर्तिमगरले बताउनुभयो । स्टेचर पाउदा आमा समुह हर्षित हुदै वडा कार्यालयलाई धन्यावाद समेत दिएका थिए।