प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको ८ वटा वडामा डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम गरिएको छ । शुक्रबार स्वर्गढारी नगरपालिका २ र ९ वडामा गरी ८ वडामा सकिएको बाकी स्वर्गद्वारी नगरपालिका ५ सारी भदौ १ गते गरिने स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिनुभयो । स्वास्थ्य पवर्तन तिन स अभियान अन्तरगत डेंगु , जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस रोकथाम कार्यक्रम वडा तहमा बहुनिकाय अन्तरक्रिया समुदाय परिचालनका लागी कार्ययोजना तथा सरसफाई अभियान सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । अभियानका क्रममा डेंगु रोकथामका लागी टायर घर वरिपरी नराख्ने , खानेपानीका ड्रमहरु , ट्याङ्कीहरु छोपेर राख्ने , गमलामा रहेको पानीमा सरसफाई गर्ने , शौचालमा राखिएको बाल्टिहरुमा पानी भरेर नराख्ने , सुत्दा झुल लगायर सुत्ने लगायत विषयमा सचेतना गराइएको केसीले बताउनुभयो ।
त्यस्तै जापानिज इन्सेफलाइटिस स्क्रवटाइफस सम्बन्धि अभियानमा जानकारीदिएको छ ।विभिन्न रोगहरुबाट बच्न तिन स सम्बन्धि सचेतना दिएको थियो । जसमा सफा भान्सा , सफा चर्पी र सफा आगन तथा हराभरा करेशाबासी हो । यि कुरामा ध्यान दिएमा र सफा राखेमा विभिन्न रोगहरुबाट बच्न सकिने स्वास्थय शाखाले जनाएको छ । अवको समयमा प्रत्येक शुक्रबार विद्यालय , संघ संस्थाहरुले योअभियान सञ्चालन गरिने र शनिबार गाउँको टोल विकास समिती मार्फत घरघरमा गरिने भएको छ । भोली १ गते पनि सारीमा गरिने जनस्वास्थ्य निरिक्षक दुर्गा गोाथोकीले बताउनुभयो । गाराथोकीले भन्नुभयो,“ हामी सिकाउछौ सबैले व्यवहारीक रुपमा लिए र ध्यान दिएमा डेंगुें बच्न र बचाउन सकिने बताउनुभयो ।” प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमा समिती गठन समेत गरिएको छ ।
डेंगु लागेको संका लागेमा नजिकैको स्वास्थय चौकी तथा अस्पतालमा गई चेक गर्न स्वर्गद्वारी नगरपालिकाले जनाएको छ । यदि सकरात्मक भएमा डाक्टरको अनुसार औषधी खान , सरसफाई गर्न , नआत्तिन्न अनि सुक्षित बस्न र खाननपिनमा जोड दिन अनुरोध गरिएको छ ।