रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारीयो - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रास्वपा सभापति लामिछानेलाई नख्खु कारागार सारीयो

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३१ गते २०८२

प्यूठान अनलाईन न्यूज डेक्स । कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा सारिएको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई केहीबेर अघि काठमाण्डौ ल्याएको विभागले जनाएको छ ।

रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले सारेको हो । लामिछानेले तीन महिना अघि नै आफूलाई नख्खुमा स्थानान्तरण गर्न अनुरोध गर्नुभएको थियो । पछिल्लो हप्ता सञ्चारमाध्ययमहरुमा रवि लामछिानेलाई सामान्य सुविधा पनि नदिएको, समाचार पढ्न र भेटघाट गर्न रोकेको जस्ता विषय सार्वजनिक भए पनि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको थियो ।

आयोगले लामिछानेले जेलमा आधारभूत मानव अधिकार उपभोग गर्न नपाएको बताएपछि सरकारलाई दबाब परेको हो । यस्तै रुपन्देहीमा उपचुनावको प्रचारप्रसार समेत शुरु भएकोले पनि सरकारले लामिछानेलाई सारेको हुनसक्ने राश्वपाले जनाएको छ ।

कारागार प्रशासनले रुपन्देहीमा जेलको पूर्वाधार, सुरक्षा चुनौती र कैदीबन्दीको चापका कारण लामिछानेलाई उचित सुविधा दिन नसकिएको दाबी गरेको थियो । तर नक्खु कारागारमा पनि क्षमताभन्दा धेरै कैदीबन्दी छन् । नख्खुमा सुविधा केही फरक हुन सक्ने कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताउनुभएको छ ।

रुपन्देहीको सूप्रीम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ । त्यही मुद्धामा लामिछाने पूर्पक्षका लागि थुनामा रहनुभएको हो ।