काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन केही कमजोर रहेको तर बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जनाएको छ । हाल कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्य बदली छ भने बाँकी भू(भागमा आंशिक बदली देखिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । मधेश प्रदेशको तराईका एक(दुई स्थानमा समेत मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
यस्तै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ ।
कोशी प्रदेशको तराई भू(भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।