केही स्थानमा भारी वर्षा चेतावनी - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

केही स्थानमा भारी वर्षा चेतावनी

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३ गते २०८२

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन केही कमजोर रहेको तर बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको जनाएको छ । हाल कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा सामान्य बदली छ भने बाँकी भू(भागमा आंशिक बदली देखिएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र मधेश प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहने अनुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । मधेश प्रदेशको तराईका एक(दुई स्थानमा समेत मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

यस्तै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ ।

कोशी प्रदेशको तराई भू(भाग र बागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सावधानी अपनाउन महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

सम्वन्धित समाचारहरु