नेपालको ‘ए’ क्रिकेट टोलीले आसामलाई फराकिलो अन्तरले हरायो - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

नेपालको ‘ए’ क्रिकेट टोलीले आसामलाई फराकिलो अन्तरले हरायो

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र १३ गते २०८२

काठमाण्डौ – भारतको आसाम क्रिकेट टोलीसँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालको ‘ए’ टोली ९६ रनले विजयी भएको छ ।नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आसाम १५ ओभर २ बलमा ७७ रनमा अलआउट भयो । आसामका रुहिनन्दन पेगुले सबैभन्दा धेरै १७ रन बनाए । नेपालका युवराज खत्रीले ४, बसिर अहमदले ३ तथा कमलसिंह ऐरी, आकाश चन्द र विवेक यादवले १र१ विकेट लिए ।

यसअघि गुवाहिटीमा टस जितेर ब्याटिङ गरेको नेपालको ‘ए’ टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनायो । नेपालका सन्दीप जोराले ३५, देव खनाल र पवन सर्राफले समान ३१, बसिर अहमदले २७, विवेक यादवले नटआउट २६ रन बनाए । आसामका आकाश सेनगुप्ताले ३ विकेट लिए ।

योसँगै ५ खेलको शृङ्खलामा नेपालको ‘ए’ टोली र आसामबीच १–१ को बराबरी भएको छ । हिजो भएको पहिलो खेलमा आसाम विजयी भएको थियो ।

सम्वन्धित समाचारहरु