इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो - Pyuthan Online
असाेज १९ गते २०८२

इजरायली आक्रमणमा परी गाजामा थप ५३ जनाको ज्यान गयो

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ ।गाजामा मात्र ३५ जनाको ज्यान गएकोे स्वास्थ्यकर्मीहरूले बताएका छन । भोकमरीका कारण थप दुई जनाको ज्यान गएसँगै युद्ध शुरू भएदेखि अहिलेसम्म कुपोषणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय २२ पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले गाजा सिटीको रेमाल क्षेत्रमा रहेको अल–काउथर टावरलाई निशाना बनाउँदै आक्रमण गरेको हो । लगातारको बमबारीका कारण लाखौ मानिस विस्थापित भएको खबरमा उल्लेख छ ।