भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु ः कुलमान घिसिङ - Pyuthan Online
श्रावण ४ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

भ्रष्टाचार उन्मुलनलाई जीवनमरणको विषयको रुपमा लिएको छु ः कुलमान घिसिङ

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र ३० गते २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै घिसिङले सरकारको प्रमुख दायित्व तोकिएको समयमा चुनाव गराउने र जेनजी आन्दोलनको क्रममा आगजनी गरिएका संरचनाको पुनर्निमाण गर्ने रहेको बताए ।उनले आफुले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुदा प्राप्त गरेको प्राविधिक र व्यवस्थापकीय ज्ञानको प्रयोग गरेर काम गर्ने बताए । उनले जेनजी युवाहरुको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्नु अहिलेको राष्ट्रिय लक्ष्य हुनुपर्ने बताएका छन् ।
घिसिङले तत्काल डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिएका छन् । उनले अहिले देश संकटमा पनि रहेको अवस्थामा उद्योगीहरुले देशलाई सहयोग गरेको सम्झिएर तुरुन्त डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न पनि आग्रह गरेका छन् ।

घिसिङले पुनर्निमाणको काम तत्काल अगाडी बढाउने, पुनर्निर्माणको लागि हाम्रो सार्बजनिक स्थल हामी आफै निर्माण गरौँ भन्ने अभियान चलाउने बताए । यसका लागि विशेष कोषको व्यवस्था गर्ने र विश्वभर भएका नेपालीसँग सहयोग माग्ने पनि पनि बताए । उनले कोषमा प्राप्त हुने सबै रकमको सहि सदुपयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

घिसिङले भ्रष्टाचार पुर्णरुपमा निर्मुल गर्नुपर्ने बताउदै कुनै पनि निकाय र व्यक्तिले भ्रष्टाचार गरेको भेटिएमा कडा भन्दा कडा कारवाही गरिने बताए । भ्रष्टाचार उन्मुलन गर्ने विषयलाई आफुले जीवनमरणको विषयको रुपमा लिएको बताउदै कसैले यसका लागि सहयोग नगरेमा आफु कडा रुपमा प्रस्तुत हुने उनले बताए । साथै उनले पारदर्शितामा कहीबाट प्रश्न आएमा सिधा आएर आफूसँग कुरा राख्न सबैलाई आग्रह समेत गरे ।

सम्वन्धित समाचारहरु