दर्शकसँगै राजनीतिज्ञले रुचाए ‘द्रौपदी’ : बहुपति प्रथाविरुद्धको आवाजको प्रशंसा - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

दर्शकसँगै राजनीतिज्ञले रुचाए ‘द्रौपदी’ : बहुपति प्रथाविरुद्धको आवाजको प्रशंसा

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । गत शुक्रबार चैत ८ देखि प्रदर्शन भएको फिल्म ‘द्रौपदी’लाई दर्शकसँगै राजनीतिज्ञले रुचाएका छन् ।

फिल्म हेर्न हलमा पुगेकाले यसमा उठाएको बहुपति प्रथा विरुद्धको आवाजसँगै डोल्पाको सुन्दरतालाई प्रसंशा गरेका छन् । गत शुक्रबार साँझ काठमाडौँमा आयोजित एक विशेष प्रदर्शनीमा शो हेरेपछि पूर्वसञ्चारमन्त्री तथा प्रतिनिधि सभा सदस्य रेखा शर्माले फिल्म संदेश प्रवाह गर्ने सबैभन्दा सशक्त माध्यम रहेको बताइन् ।

उनले भनिन्,‘हामीले भाषण गर्ने वा आर्टिकल लेख्ने भन्दा फिल्ममार्फत दिएको संदेश सबैले बुझ्ने गरी पुग्छ । त्यसकारण पनि यो मनोरञ्जनमा मात्र सिमित छैन् । यो फिल्मले हाम्रो नेपालमा अझैँ पनि सानो रुपमा व्याप्त कुप्रथा बहुपति प्रथाको विरुद्धमा आवाज उठाएको छ । यो समयसँगै रुपान्तरण हुनुपर्छ भन्ने संदेश दिएको छ । यो प्रसंशनीय कार्य हो, फिल्मले दिएको संदेश राम्रो छ ।’

उनले कलाकारले आफूलाई डोल्पाकै परिवेसमा ढालेर जीवन्त अभिनय गरेको प्रतिक्रिया दिइन् । नयाँ कलाकार भएता पनि आफूले कथावस्तु सिर्जना गरिएको डोल्पाकै झैँ सबैलाई जीवन्त पाएको भन्दै पूर्वमन्त्री शर्माले प्रसंशा गरिन् ।

‘मैले फिल्म हेर्दा डोल्पाकै स्थानीयले अभिनय गरेको जस्तो पाएँ, त्यो सम्पूर्ण कलाकारको अभिनयको प्रभाव हो । हामीले भनिरहेको अवस्था परिवर्तन आर्थिक मात्र नभई यस्तै सामाजिक र सांस्कृतिक हो । फिल्म राम्रो बनेको छ’, उनले भनिन् ।

फिल्म हेरेर प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले पनि तारिफ गरे । उनले कलाकारको अभिनय, डोल्पाको सुन्दरतालाई फिल्ममा देखाइएको भन्दै प्रसंशा गरे ।

‘कर्णाली काटौँला’ गीतलाई दर्शकले रुचाएका छन् । फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ‘सुवास’ , प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ । फिल्ममा कथा, पटकथा, संवाद र गीतसमेत निर्देशन ऋषिराज आचार्यको छ ।

निर्देशक आचार्यले फिल्म हेर्न आइपुगेका दर्शकले राम्रो प्रतिक्रिया दिएको बताए । उनले भने,‘देशभरबाट मैले फिल्म हेर्ने दर्शकको प्रतिक्रिया लिएको छ, हेर्नेले यसको निकै तारिफ गरेका छन् । हामीले उठाएको विषय र त्यसमा दिएको संदेशलाई दर्शकले स्पष्ट रुपमा बुझ्नु भएको पाएँ । दर्शक प्रतिक्रियाले आगामी दिनमा फिल्मको व्यापार पनि बढ्ने अपेक्षा छ ।’

फिल्ममा सौरभ शर्माले पाश्र्वसङ्गीत सृजना, अनिल महर्जनले सम्पादन, विजय आचार्यले कला तथा मोहन झिल्लुले छायाङ्कन गरेका छन् । आर बि मुभिजमा बनेको फिल्मको सहनिर्माता ऋतु आचार्य र बिष्णु ठडराई, अनि निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् ।