चार दिनदेखि बेपत्ता पुरूष मृत फेला - Pyuthan Online
जेठ २२ गते २०८३

चार दिनदेखि बेपत्ता पुरूष मृत फेला

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

प्यूठान अनलाईन न्यूज डेक्स । पाल्पामा चार दिनदेखि बेपत्ता रहेका पुरूष मृत भेटिएका छन्।बगनासकाली गाउँपालिका-५ राम्दिघाटस्थित कालिगण्डकी नदीमा बेपत्ता भएका पुरूष आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए।

मृतक भारतको उत्तरप्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डे हुन्।उनी गत बुधबार दिउँसो पौने १ बजे नुहाउने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएका उनको शव एक किलोमिटर तल नदीमा फेला परेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। शव जिल्ला अस्पताल पाल्पामा पठाएको छ।