देउखुरीमा पार्किङ गरिएको गाडी ब्याक हुँदा एक जनाको मृत्यु - Pyuthan Online
असार २९ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

देउखुरीमा पार्किङ गरिएको गाडी ब्याक हुँदा एक जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ४ गते २०८२

दाङ, ४ साउन । देउखुरीमा पार्किङ गरेको गाडी ब्याक हुँदा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ सुनखोलीमा पार्किङका लागि राखिएको बोलेरो जीप ब्याक भएपछि दुर्घटना भएको हो । गाडीबाट च्यापिएर लमही–५ सुनखोली निवासी २१ बर्षिय राकेश कुमार बानियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु ३ च ४८१४ नम्बरको तरकारी बोक्ने बोलेरो गाडी घर छेवैंमा पार्किङ गरिएको थियो । बिहान करिब साढे ५ बजे बानिया गएर गाडीको टायरमा लगाएको ओट हटाए लगत्तै गाडी भएको थियो । बानियाले गाडीलाई दुबै हातले रोक्न खोजे पनि नरोकिएपछि घरको भित्ता र गाडीको बिचमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।मृतक बानियाको आफ्नै गाडी रहेको प्रहरीले बताएको छ ।