उमामहेश्वरी सारीमा पौडेल परिवारद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

उमामहेश्वरी सारीमा पौडेल परिवारद्वारा छात्रवृत्ति अक्षयकोष स्थापना

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ४ गते २०८२

प्यूठान । उमामहेश्वरी माध्यमिक विद्यालय स्वर्गद्वारी–५, सारी, प्युठानमा “डिल्लिराज–हरिकला” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । शिक्षा र सेवाको उज्यालो दीप प्रज्वलित गर्दै पीता एवम् विद्यालयका पूर्व प्र.अ .तथा शिक्षक स्वर्गीय डिल्लिराज पौडेल र माता हरिकला पौड्यालको पावन स्मृतिमा उहाँहरूका छोराहरू प्रा.डा. देवराज पौडेल , प्रशिक्षक घनश्याम पौडेल , दन्त चिकित्सक मदनकुमार पौडेल लगायत सम्पूर्ण परिवारको संयुक्त पहलमा ३,०१,१०१ अक्षरुपी (तीन लाख एक हजार एक सय एक) रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

विद्यालयमा अध्ययनरत जेहेन्दार, लगनशील तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने उदेश्यका साथ कोषको स्थापना गरिएको प्रा.डा. देवराज पौडेल बताउनुभयो । शिक्षाको पहँुचबाट टाढा रहेका विद्यार्थीहरुलाई जोड्न केही सहयोग मिलोस र हामीलाई पनि खुसी एवम हौसला लागोस समेत पौडेलले बताउनुभयो ।पेशाका कारण विदेशमा रहे पनि आफ्नो जन्मथलो र विद्यालयसँगको सम्बन्धलाई जीवन्त राख्न शिक्षा क्षेत्रमा योगदान दिनु आफ्नो कर्तव्य रहेको पौडेलको भनाई रहेको छ ।

कार्यक्रमको प्रमुख अथिती रहनुभएका नगर प्रमुख टेक प्रसाद भण्डारीले शिक्षाले अन्धकारलाई हटाएर उज्यालो तिर लाने एवम् चेतनाको विकासमा महोत्वपुर्ण भुमिका खेल्ने भएको बताउदै स्वर्गद्वारी नगरपालिका शिक्षा क्षेत्रमा विशेष जोडका साथ लागेको बताउनुभएको थियो । गरिब , जेहेन्दार र दलितको लागी शिक्षामा केही सहयोग होस भनेर अक्षयकोषमा स्थापना गर्नु भएकोमा पौडेल परिबारलाई भण्डारीले धन्यबाद दिनुभयो । त्यस्तै विशेष अथिती रहनु भएका वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले वडामा शिक्षा , स्वास्थ्य , खानेपानी, पर्यटन क्षेत्रमा धेरै सुधार गरेको र थप सुविधामा लागी परेको बताउनुभयो । वडाबाटा उमेर, अवस्था , आर्थिक न्युन भएकालाई व्यवस्थापन गरी आवश्यकतामा सहज गरेको र वडामा आउन नसक्ने वृद्धाहरु, फरक क्षमतालाई सेवा सुविधा घरमै पुगेर उपलब्ध गरेको बताउदै अक्षयकोष स्थापना गरेकोमा पौडेल परिबारलाई वडाको तर्फ र आफ्नो व्यक्तिगत समेत धन्यवाद दिनुभएको थियो ।

उक्त अक्षयकोषसँगै विद्यालयमा सात वटा कोष स्थापना गरिएको छ ।

सम्वन्धित समाचारहरु