अपडेट ः सम्पर्कविहीन मुस्ताङ हेलिकप्टरमा थिए ५ जना - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अपडेट ः सम्पर्कविहीन मुस्ताङ हेलिकप्टरमा थिए ५ जना

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८२

काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ । हेलिकप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकप्टर सम्पर्कविहीन भएको बताए ।

‘अरु केही विवरण आएको छैन । हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो,’ उनले भने, ‘टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण प्राप्त हुन सकेको छैन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

उता रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए । ‘माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीसँग घटनाबारे बुझ्ने काम भइरहेको छ । अरु केही सूचना प्राप्त भएको छैन,’ उनले भने ।

सम्वन्धित समाचारहरु