युद्धविरामकैबीच अमेरिकाद्वारा इरानमा आक्रमण - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

युद्धविरामकैबीच अमेरिकाद्वारा इरानमा आक्रमण

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २५ गते २०८३

काठमाडौँ — अमेरिकी सेनाले इरानमा फेरि आक्रमण गरेको छ । अमेरिकाले युद्धविरामकै बीच सैन्य काबारही गरेको इरानको आरोप छ ।

अमेरिकी सेनाले ओमानको खाडीमा इरानी तेल ट्यांकरहरुलाई निशाना बनाएको छ । यस आक्रमणपछि इरानले अब सिधा जवाफ दिने चेतावनी दिएको छ । इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार खातम अल–अम्बिया सेन्ट्रल हेडक्वार्टरका प्रवक्ताले अमेरिकी सेनाले जास्क नजिक इरानी समुद्री क्षेत्रबाट हर्मुज स्ट्रेटतर्फ गइरहेका तेल ट्यांकरलाई निशाना बनाइएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि तेहरान सम्झौतामा आएन भने फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् । सञ्चारकर्मीहसँग कुरा गर्दै ट्रम्पले इरानले अमेरिकी सैन्य जहाजमा आक्रमण गरेपछि त्यसको जवाफ दिइएको बताएका छन् ।

‘यसपछि दुवै देशबीच फायरिङ भयो, हामीले उनीहरुलाई पूर्ण रुपमा नष्ट गरेका छौं र उनका कैयौं साना डुंगाहरु डुबाएका छौं । हामी उनीहरुलाई परमाणु हतियार राख्ने अधिकार दिन सक्दैनौं’, ट्रम्पले भने ।

यता संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओका महासचिव आर्सेनियो डोमिन्गेजले हर्मुज संकटका कारण खाडी क्षेत्रमा करिब एक हजार ५ सयभन्दा बढी जहाज फसेको बताएका छन् । यी हजारमा करिब २० हजार चालक दलका सदस्यहरु फसेका छन् ।

सम्वन्धित समाचारहरु