स्वर्गद्वारीमा शिवानन्द पौडेल प्रथम - Pyuthan Online
असार १५ गते २०८२

स्वर्गद्वारीमा शिवानन्द पौडेल प्रथम

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा कक्षा ८ को आधारभूत तहको लिएको नगरस्तरिय परीक्षामा स्वर्गद्वारी एकडेमीका विद्यार्थी शिवानन्द पोडेलले ३.८६ जिपिए ल्याएर नगरप्रथम भएका छन ।

त्यस्तै द्धितिय पनि सोहि विद्यालयका दिपक केसीले ३.७८ जिपिए लिई नगर द्वितीय भएका छन भने लोक चेतना एकेडेमीका टिकाराम नेपालीले नगर ३.७६ जिपिए ल्याई नगर तृतीय भएका छन । स्वर्गद्वारी नगरपालिकामा १९ वटा विद्यालयहरूबाट जम्मा ७६४ परिक्षार्थीहरूले परीक्षा दिएका थिए ।

जसमध्ये १९२ विद्यार्थी मात्र उत्तीर्ण भएका छन । स्वर्गद्वारी नगरपालिका प्यूठानले गत फागुन २५ गतेदेखि सञ्चालन गरेको उक्त कक्षाको नगरस्तरिय परीक्षाको नतिजा चैत्र १३ गते प्रकाशन गरेको हो ।