ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ, सरकारले कडा कदम चालोस्ः प्रचण्ड - Pyuthan Online
भाद्र २८ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ, सरकारले कडा कदम चालोस्ः प्रचण्ड

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

काठमाडौं, १६ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादी समूहको हिंसात्मक प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा पुष्टि गराएको बताएका छन् । आज (शनिबार) प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय अवलोकनमा आएका प्रचण्डले अब राज्यले आपराधिक गतिविधिविरुद्ध कडा कदम चाल्नुपर्ने बताए । उनले अपराधीहरु सबैलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

‘जे भइराखेको छ, अब एकदम प्रष्ट छ– यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ । त्यसकारण यही नै समय हो सरकारले कडा कदम चालोस् । अपराधीहरु सबैलाई छानविन गरेर कारबाहीको दायरामा ल्याओस् । ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन । नेपाल जनता त्यसको लागि तयार छैनन् । यसमा पनि सरकार गम्भीर बनोस्,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

साथै, राजधानीको मुटुमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षाकर्मी (प्रहरी) समयमै आउन नसक्नुलाई पनि सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्ने उनले बताए । आगामी दिनमा पनि यस्ता घटना दोहोरिन सक्ने भन्दै पूर्ण तयारीमा बस्न सरकारलाई सुझाव दिए ।

सम्वन्धित समाचारहरु