प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक - Pyuthan Online
कार्तिक ८ गते २०८३
ब्रेकिङ न्यूज
तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने तिनाउ र त्रिशूली नदीले सतर्कता तह पार गर्‍यो ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानूनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १५ गते २०८१

चैत १६ गते शनिवार ,काठमाण्डौ – गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण, लुटपाट र ज्यान जाने गरी भएको घटनाका दोषीलाई  कानून अनुसार कारबाही हुने बताउनुभएको छ । आज नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून अनुसार अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

राजावादीहरुले तीनकुनेमा हिजो गरेको आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरेका छन् । आक्रमणकारीहरुले हिजो नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।

त्यसैको अनुगमन एवम् निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग साइनो नरहेको बताउनुभयो । 

सम्वन्धित समाचारहरु