दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

दुर्गा प्रसाईं विरुद्ध साइबर ब्यूरोमा उजुरी

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १६ गते २०८१

१७ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ ।ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ ।

यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक  सुनिलबाबु पन्तले प्रसाईं विरुद्ध उजुरी दिएका थिए । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख गरिएको थियो ।

प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएर दुई जनाको मृत्यु समेत भएपछि प्रासाईं भने फरार छन् ।

सम्वन्धित समाचारहरु