स्वर्गद्वारी नगरपालिकाका सबै वडा पूर्णखोप घोषणा ः बैशाख ३१ गते नगरपालिका घोषणा गरिदै - Pyuthan Online
मंसिर २१ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

स्वर्गद्वारी नगरपालिकाका सबै वडा पूर्णखोप घोषणा ः बैशाख ३१ गते नगरपालिका घोषणा गरिदै

सन्तोष सुनार
सन्तोष सुनार
वैशाख २६ गते २०८२

बैशाख २६ गते ,प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाको ९ वटैहरु पूर्णखोप घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चता तथा दिगोपना मुल नाराको साथ नगरपालिकामा रहेका ९ वटैहरु पूर्णखोप घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले जानकारी दिए । उनले भने “० देखी १५ महिना सम्मका बालबालिकालाई नियमित लगाएको र विचमा छुटेका १६ देखी ५९ महिना सम्मका बालबालिकालाई घरदैलो कार्यक्रममा स्वयमसेविका पुगी टिपोट गरेर खोप लगाएका छौ । ”

बालबालीकाले विभिन्न रोगहरु प्रति १३ प्रकारका खोप लगाएका छन । स्वास्थ्य क्षेत्र महत्वपूर्ण भएकाले यसमा नगरपालिका पनी नगरवासीहरुमा चासोको साथ लागी परेको नगरपालिकाले जनाएको छ ।प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीका कर्मचारीहरुले निकै राम्रो काम गरेकाले सम्मान सहित प्रमाण पत्र समेत हस्तान्तरण गरेको केसीले बताए । बालबालिका जन्मेपछि लगाएको खोपहरुबाट विभिन्न सरुवा रोगहरु बच्नु साथै अरु रोगहरुबाट पनि बच्न सामाथ्र्य पैदा हुने गर्दछ ।

स्वर्गद्वारी नगरपालिका यहि बैशाख ३१ गते पूर्णखोप घोषणा गर्न लागेको जनस्वास्थ्य निरिक्षक दुर्गा गोराथोकीले प्यूठान अनलाईन जानकारी दिए ।